बिहिबार, बैशाख १३, २०८१

प्राधिकरणको कार्यकारी प्रमुख तत्काल नियुक्त गर्न अख्तियारको निर्देशन

काठमाडौँ श्रावण ८, लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण तत्काल कार्यकारी akthar3निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याललाई एक पत्र लेखी जनतालाई दैनिक सेवा प्रदान गर्नुपर्ने निकाय निमित्तको भरमा सञ्चालन हुनु गलत भएकोमा ध्यानकर्षण सहित यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणलाई यथोचित गति प्रदान गर्न कार्यकारी निर्देशक छिटोभन्दा छिटो नियुक्त गर्न आयोगको ऐन, २०४८ को दफा २८ बमोजिम मुख्य सचिव पौड्याललाई पत्र पठाइएको आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ।  स्मरण रहोस प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव ट्रान्सफर्मर खरिद प्रकरणमा आयोगकै छानबिनमा रहनुभएको र ऊर्जा मन्त्रालयले प्राधिकरणमा नियुक्त गरेको सहसचिव अर्जुनकुमार कार्कीलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा पठाएपछि सो पद रिक्त रहँदै आएको छ ।