शुक्रबार, बैशाख १४, २०८१

जन्मशताव्दीका अवसरमा विपीका दुर्लभ तस्विरहरुको प्रदर्शन गरिने

काठमाडौँ श्रावण १२, विपी कोइरालाको जन्मशताव्दीका अवसरमा सांस्कृतिक सङ्ग्रहालय नेपालले आगामी श्रावण २४ गतेदेखि ३० गतेसम्म करिव लगभग ६०० को photoसङ्ख्यामा विपीका ऐतिहासिक तस्विर प्रदर्शन गर्ने भएको छ । राजधानीको बबरमहलस्थित नेपाल आर्ट ग्यालरीमा हुने उक्त प्रदर्शनीमा विपी कोइरालाका जन्मदेखि मृत्युपर्यन्तका महत्वपूर्ण तथा दुर्लभ ऐतिहासिक तस्विर प्रदर्शनमा राखिने बताईएको छ।

त्यस्तै फोटे प्रर्दशनीकै क्रममा प्रतिष्ठित कलाकर्मी किरण मानन्धर, रागिनी उपाध्याय, रमेश खनाललगायतले जननायक विपी कोइरालाका सम्बन्धमा तयार गर्नुभएका जिवन्त कलाकृति समेत प्रदर्शन  गरिने सांस्कृतिक सङ्ग्रहालय नेपालका अध्यक्ष क्षितिज अरूण श्रेष्ठले बताउँनु भएको छ । प्रस्तुत कार्यक्रममा विपी चिन्तन प्रतिष्ठान लगायतका सङघ सस्थाहरुको पनि सहकार्य रहने बुझिएको छ ।