शुक्रबार, बैशाख १४, २०८१

विशेष समारोहकावीच नेत्री सुकीलाई राजधानीमा गरियो नागरिक अभिनन्दन

काठमाडौं अषाढ १, म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ साङ सुकीलाई नेपाली जनताको तर्फबाट आज राजधानीमा आयोजित विशेष समारोहमा नागरिक अभिनन्दन गरिएको छ ।  मानवअधिकार, स्वतन्त्रता र प्रजातन्त्रका लागि अथक र अनवरत रुपमा योगदान पु-याएवापत नेत्री सुकीलाई सो PRO_KTM_ Suki lai nagarik avinandan gardhaiअभिनन्दन गरिएको हो । नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष एवं विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले नागरिक अभिनन्दन पत्र हस्तान्तरण गर्दै मायाको चिह्नो प्रदान गर्नुभएको थियो ।

त्यस्तै नेत्री सुकीलाई उपप्रधानमन्त्री प्रकाशमान सिंहले डिल्लीरमण रेग्मी फाउन्डेसनका तर्फबाट प्रदान गरिएको डा डिल्लीरमण अन्तराष्ट्रिय शान्ति पुरस्कार २०१३ प्रदान गर्नुभएको थियो ।  अभिनन्दन पछि कार्यक्रमलाइ सम्बोधन गर्दै नेत्री सुकीले नेपाल र नेपालीबाट पाएको माया, स्नेह र सदभावले आफु ज्यादै प्रभावित भएको बताउँदै भगवान बुद्धको करुणाको पाठ स्मरण गर्दै भविष्यमा आवश्यक पर्दा एक अर्काको सहयोगीका रुपमा उपस्थित हुने विश्वास व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेत्री सुकीलाई धर्मोदय सभाका लक्ष्मीदास मानन्धर, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेत लगायत विभिन्न संघसंस्थाले मायाको चिह्नो प्रदान गर्नुभएको थियो । नेत्री सुकी सोमबार स्वदेश फकर्दै हुनुनहुन्छ  । फोटो: रासस