शुक्रबार, चैत्र १६, २०८०

स्वास्थ्य जाँचका लागि प्रम कोइराला आज अमेरिका जाँदै

काठमाडौँ अषाढ २, प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सक टोलीको परामर्श अनुरुप उहाँ स्वास्थ्य  Sushil उपचारका लागि आज साँझ ८ बजे संयुक्त राज्य अमेरिका प्रस्थान गर्नुहुने भएको छ ।

प्रधानमन्त्री कोइरालाको यही असार ५ गते अमेरिकामा स्वास्थ्य जाँच हुने तय भइसकेकाले उहाँ निर्धारित कार्यक्रमको एक दिनअघि असार २ गते नै जना लाग्नु भएको हो।

प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राडा करवीरनाथ योगी, पारिवारिक सदस्य मृदुला कोइराला र अतुल कोइराला, सुरक्षा गार्ड कर्णेल प्रकाश देउजा पनि प्रम कोईराला सङगै जान लागु भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।