शुक्रबार, बैशाख १४, २०८१

विद्युत् प्राधिकरणका कर्मचारी सिन्हाविरुद्ध मुद्धा दर्ता

काठमाडौँ ज्येष्ठ २२, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली एवम् झुटा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नेपाल विद्युत् प्राधिकरणमा नियुक्ति लिएको अभियोगमा राजकुमार सिन्हाविरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्धा दर्ता गराएको छ ।

bisays adalatआयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार प्राधिकरणको वरिष्ठ सहायकमा कार्यरत सिन्हाले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको विहार इन्टरमिडियट शिक्षा परिषद्, भारतबाट सन् १९८८ मा आइएस्सी पास गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले मुद्धा दर्ता गरिएको जनाउँदै अख्तियारले सिन्हाविरुद्ध साविक भ्रष्टाचार निवारण ऐन, २०१७ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हुँदैसम्मको दण्ड सजायको माग दाबी गरिएको जनाएको छ ।