शनिबार, बैशाख १५, २०८१

वार्ता उपसमितिद्धारा संविधान निर्माणको सवालमा विधानसभा भित्रका विभिन्न दलसँग परामर्श

anand काठमाडौँ ज्येष्ठ २९, संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गत गठित प्रारम्भिक वार्ता उपसमितिले बुधवार अपरान्ह संविधानसभामा सहभागी दलहरूसंग संविधानका अन्तरवस्तुका प्राथमिकतालगायतका प्रसङगमा प्रारम्भिक छलफल सुरु गरेको छ ।

यसअघि बुधवार विहान उपसमितिले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, नेकपा (माले), नेपाल कम्युनिष्ट पार्टी संयुक्त, नेपाल परिवार दल, समाजवादी जनता पार्टी, नेपाली जनता दल, अखण्ड नेपाल पार्टी, जनजागरण पार्टी नेपाल र मधेस समता पार्टी नेपाल र दुई जना स्वतन्त्र सभासद्सँग विचारविमर्श गरेका थिए ।

उपसमितिका संयोजक संयोजक आनन्दप्रसाद ढुङ्गानाका अनुसार बुधवार भएको छलफलमा सङ्घीय समाजवादी पार्टी,राष्ट्रिय जनमुक्ति पार्टी, थरुहट तराई पार्टी, सङ्घीय लोकतान्त्रिक राष्टिय मञ्च थरुहट, समाजवादी जनता पार्टी, बाट नेपाली जनता दल र , नेपाः राष्टिय पार्टीका प्रतिनिधीहरुसङग वर्तमान संविधानसभाले संविधान निर्माणका लागि संविधानसभाभित्र रहेका दलहरूबीच रहेका असहमतिलाई सहमतिमा पु¥याउन खेल्नुपर्ने भूमिकाका लगायतका विषयमा छलफल भएके बताउँनु भएको छ ।