शुक्रबार, बैशाख १४, २०८१

प्रेस युनियन काठमाडौंको अभियानमा सहयोग गर्ने काँग्रेस नेतृ कोईरालाको प्रतिवद्धता

काठमाडौं ज्येष्ठ २४, नेपाल प्रेस युनियन जिल्ला समिति काठमाडौंका नव निर्वाचित पदाधिकारीको प्रतिनिधी मण्डलले आज नेपाली कांग्रेसकी नेतृ एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई प्रेस युनियन काठमाडौंको संगठन सुदृढिकरण तथा अभियानहरुमा सहयोग गर्न एक ज्ञापनपत्र बुझाएका 1_20140607छन । प्रेस युनियन काठमाडौंका अध्यक्ष नकुल अर्यालले उक्त ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै नेतृ कोईरालाले लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धिका लागि नेपाली प्रेसको भूमिका महत्वपूर्ण रहेको बताउँदै । त्यस्तै उहाँले कांग्रेसले सधै प्रेस र पत्रकारहरुको सहयोगीका रुपमा काम गर्ने बताइन् । नेतृ कोइरालाले प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संगठन भएकोले कार्यालय तथा कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि त्यसअवसरमा जनाउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।