बिहिबार, बैशाख १३, २०८१

काठमाडौं प्रेस युनियनले शाखा कार्यालय स्थापना गर्ने

मुलुकको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतले पु-याएको योगदान आफैमा महत्वपूर्ण :  सह-महामन्त्री खड्का

काठमाडौं ज्येष्ठ २२, नेपाल प्रेस युनियन काठमाडौंको सातौं अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई आज एक कार्यक्रमकावीच पदभार हस्तान्तरण गरिएको छ । काँग्रेसका सह-महामन्त्री एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री पूर्णबहादुर खड्काको प्रमुख अतिथ्यतामा आयोजित उक्त dfgdgकार्यक्रममा काठमाडौं शाखाका निर्वतमान अध्यक्ष सुरेन्द्र पाण्डेले नव निर्वाचित शाखा अध्यक्ष नकुल अर्याललाई मिटिङग माइन्यूट लगायत कागजात हस्तान्तरण गरिएको थियो ।
त्यस्तै पदभार हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सूचना तथा सञ्चारमन्त्री पूर्णबहादुर खड्काले नेपाली प्रेस जगत र काँग्रेसवीचको सम्बन्ध अनुकरणीय रहेको बताउँदै मुलुकको लोकतान्त्रिक आन्दोलनमा प्रेस जगतले पु-याएको योगदान आफैमा महत्वपूर्ण रहेको बताउँनु भएको छ  । त्यस्तै उहाँले प्रेस युनियनको आसन्न केन्द्रीय अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गर्दै पत्रकार महासङघको निर्वाचनमा युनियनले भोग्नु परेको स्थितीलाई गहन रुपमा समिक्षा गर्दै भावी दिनकालागि कार्ययोजना बनाउँनु जरुरी रहेको बताउँनु भएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकार हरिहर विरही , पत्रकार महासंघका पूर्व अध्यक्ष शुरेस आचार्य , युनियनका निवर्तमान अध्यक्ष किरण पोखरेल , कावा अध्यक्ष वद्री सिग्देल पूर्व अध्यक्षद्धय मुरारी शर्मा , कुलचन्द्र वाग्ले लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।यसैवीच आजै सातौं जिल्ला अधिवेशनबाट नकुल अर्यालको नेतृत्वमा निर्वाचित कार्यसमितिको आज बसेको पहिलो बैठकले नेपाल प्रेस युनियन काठमाडौंले शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बैठकले काठमाडौंको अनामनगरमा शाखा कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले शाखा कार्यालयको भौतिक व्यवस्थापनका लागि शुभेच्छुकहरुसंग सहयोगका लागि आग्रह गर्ने निर्णय गनुको अलाव सातौं अधिवेशन सम्पन्न गर्न सघाउने सबैलाई धन्यवाद ज्ञापन गर्दै निर्वाचन मार्फत नयाँ कार्यसमिति चयन गर्नुहुने सदस्य एवं मतदाताहरुप्रति कृतज्ञता व्यक्त गरेको छ ।

यसैगरी बैठकले प्रेस युनियन काठमाडौं शाखाका निवर्तमान अध्यक्ष सुरेन्द्र पाण्डेयको संयोजकत्वमा निवर्तमान उपाध्यक्ष जीवन भण्डारी र निर्वतमान सचिव सम्मिलित सल्लाहकार समिति समेत गठन गर्दै असार ४ र ५ गते पोखरामा हुने केन्द्रीय महाधिवेशन सफल पार्न सक्रिय भूमिका निर्वाह गर्ने निर्णय सहित बैठकले अधिकांश सञ्चारमाध्यमहरुमा अझैपनि श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन नभएको र सरकार अनुगमन पनि फितलो देखिएको भन्दै यथाशीध्र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउन माग गरेको छ ।