शुक्रबार, बैशाख १४, २०८१

परम्परागत भोटोजात्रा सम्पन्न

ललितपुर आषाढ ८, वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आज भोटो मच्छिन्द्रनाथको जात्राको अन्तिम IMG_1089sjh_Road  photography_Bhoto_Jatra_2071दिन भोटो देखाउने परम्पराअनुसार ललितपुरको जावलाखेलमा आयोजित समारोहमा राष्ट्रपति डा रामवरण यादवको उपस्थितिमा भोटो देखाइएको छ IMG_1157sjh_Road  photography_Bhoto_Jatra_2071 ।

ललितपुर गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले मच्छिन्द्रनाथको रथको चार कुनाबाट तीन पटक भोटोको सार्वजनिक प्रर्दशन गरेका थिए ।

IMG_1153sjh_Road  photography_Bhoto_Jatra_2071भोटो जात्रा नजर गर्न ललितपुरको जावलाखेल पुग्नु भएका राष्ट्रपतिले त्यस अवसमा ललितपुर जिल्लाको जिवित देवी कुमारी र मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो ।

भोटोजात्रामा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष मन्त्रिगण, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न निकायका प्रमुख एवम् जिल्लास्थित दलका नेता, सभासद् एवम् हजारौँ सर्वसाधारणको सहभागिता थियो ।