शनिबार, बैशाख १५, २०८१

साना लगानीका पत्रिका र पत्रकारको संरक्षणका लागि काउन्सिलले ठोस निति ल्याउँने: अध्यक्ष काकी

भक्तपुर वैशाख   २७, प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले क्रियाशील पत्रकार मञ्चको तेस्रो स्थापना दिवसको अवसरमा आयोजित पत्रकार आचारसंहिता विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै विद्यमान परिस्थितीमा पत्रकारिता क्षेत्रलाई व्यवस्थित एवम् मयौदित बनाउँन बनाउन borna-bdr-272x300पत्रकार लाइसेन्सको व्यवस्था गर्नुपर्ने अभिव्यक्ति दिदै साना लगानीका पत्रिका र पत्रकारलाई बचाउन काउन्सिलले आवश्यक नीति बनाउने तयारी सुरु गरिसकेको जानकारी दिँदै पत्रकारिता गर्ने व्यक्तिलाई अवकाशको समयमा सरकारले राहत दिने कार्यक्रम ल्याउनु पर्ने बताउँनु भएको छ ।

त्यस्तै उहँले पत्रकार आचारसंहिता पालना गरेर समाचार सम्प्रेषण गर्ने हो भने समाचारका क्षेत्रमा कुनै पनि समस्या श्रृजना नहुने भन्दै पत्रकारले आचारसंहिताको अक्षरश पालना गर्नुपर्नेमा विशेष जोड दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । कार्यक्रममा पत्रकार हरिबहादुर थापा,जिल्ला विकास समिति भक्तपुरका स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी लगायतका वक्ताहरुकाले पनि बोल्नु भएको थियो