शुक्रबार, बैशाख १४, २०८१

विदेशी मुद्रा अपचलनको अभियोगमा सापकोटा पक्राउ

काठमाडौं ज्येष्ठ ३, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विदेशी विनिमय तथा भ्रष्टाचार मुद्दामा अर्का आरोपी बलराम सापकोटालाई शुक्रवार विदेशी मुद्रा पक्राउ गरेको छ । ब्युरोका अनुसार सापकोटाले कोइली इम्पोरियमको नाममा हङकङ, सिङ्गापुर, संयुक्त अरब इमिरेट्सबाट विभिन्न कम्प्युटरका पाटपूर्जा आयातको नाममा राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाका कर्मचारीसँगको मिलेमतोमा प्रतितपत्र खोली ती सामान आयात नै नगरी भ्रष्टाचार गरेको जनाउँदै सापकोटालाई यसअघि नै विशेष अदालतले बिगो बमोजिम रु १८ लाख ७४ हजार जरिवाना हुने ठहर गरेपनि उनी फरार रहेका बिुझिएको छ। सापकोटालाई भ्रष्टाचार, विदेशी मुद्रा अपचलन र सरकारी छाप कीर्तेमा मुद्दा चलाइने भएको छ ।