शनिबार, बैशाख १५, २०८१

राजनीतिक  प्रभाव र आस्थाको आधारमा कुनै पनि नियुक्ति नगर्ने सञ्चारमन्त्री रिजालको प्रष्टोक्ति

काठमाडौँ ज्येष्ठ ११, सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले सूचना विभागद्वारा आमसञ्चारमाध्यममा कार्यरत श्रमजीवी पत्रकारका लागि Dr-Minendra-Rijal-NC-Congressआयोजित दुईहप्ते सेवाकालीन तालिमको आज उद्घाटन गर्दै सरकारी सञ्चारमाध्यममा राजनीतिक प्रभाव र आस्थाको आधारमा आफूले कुनै पनि नियुक्ति नगर्ने बताउनुभएको छ । त्यस्तै उहाँले सम्बोधनको क्रममा नेपाली पत्रकारको क्षमता र दक्षता वृद्धिका लागि आवश्यक तालिमका लागि प्राज्ञिक गृह सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताउँनु भएको छ ।

कार्यक्रमम सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट र प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्र्णबहादुर कार्कीले प्रस्तुत तालिम श्रमजीवी पत्रकारका लागि लाभदायक हुने भन्दै तालिमबाट प्राप्त सिपलाइ पत्रकारहरुले पेसागत क्षमता अभिवृद्धिको मार्गमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।