शनिबार, बैशाख १५, २०८१

प्रहरी मुख्यालयद्दारा एसएसपी रमेश खरेलमाथि छानविनका गर्न उच्चस्तरीय समिति गठन

काठमाडौँ ज्येष्ठ ११, काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले सार्वजनिक कार्यक्रममा सङगठनका बरिष्ठ अधिकृतबारे विवादित अभिव्यक्ति दिएको भन्दै  छानबीन गर्नका लागि प्रहरी प्रधान कार्यालयले उच्चस्तरीय समिति गठन गरेको छ । प्रहरी मुख्यालयले डीआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित महानगरीय प्रहरी आयुक्तको कार्यालयका एसएसपी रमेश पाण्डे र कानुन शाखाका एसपी गणेश थापा सम्मिलित तीन 2014-02-08-1391912132सदस्यीय समितिलाई एक हप्ता भित्र एसएसपी खरेलले उक्त कार्यक्रममा बोलेको अभिब्यक्ति माथि छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

 प्रहरी मुख्यालय स्रोतका अनुसार एसएसपी खरेलले शनिवार काठमाडौंमा भएको एक कार्यक्रममा केही डीआइजीहरु पैसाको ब्रिफकेश बोकेर एआइजीमा बढुवा हुनका लागि नेता र मन्त्रीको घरमा धाइरहेको अभिव्यक्ति दिएको प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।  त्यस्तै एसएसपी खरेलले कार्यक्रममा उपस्थित परराष्ट्रमन्त्री महेन्द्र पाण्डे लगायतलाई औंला ठड्याउँदै भ्रष्ट प्रहरी अधिकारीको बढुवा नगर्न चेतावनीसमेत दिएका थिए ।

मुख्यालयले जिम्मेवार पदमा बसेर आफ्नै सगठनका अधिकारीहरुको बिरुद्धमा बोलेर प्रहरी संङगठनको गरिमामानै आँच आउँने गरि चेनअफ कमाण्ड बिथोल्ने काम नगर्न प्रहरी मुख्यालयले उनलाई पटक पटक सचेत गराएको बुझिएको छ । तर मुख्यालयको चेतावनी र निर्देशन विपरित खरेलले सार्वजनिकरुपमै नेता र प्रहरी अधिकारीविरुद्ध अभिव्यक्ति दिन निरन्तरता दिदै आएको बताइएको  छ ।