शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासङ्घका पदाधिकारीलाई सम्मान

 काठमाडौँ ज्येष्ठ २,  पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई क्रान्तिकारी पत्रकार सङ्घ, क्रान्तिकारी पत्रकार महासङ्घ र प्रगतिशील पत्रकार सङ्घले संयुक्तरूपमा आज यहाँ सम्मान गरेको छ । सो अवसरमा महासङ्घका अध्यक्ष डा. महेन्द्र विष्टले आफूहरू श्रमजीवी पत्रकारको हकहित fng logo 1र अधिकार स्थापित गर्ने र सञ्चार माध्यमको संस्थागत विकास गर्ने अभियानमा लाग्ने बताउनुभयो ।

उहाँले पत्रकारिताको प्रचलन र आधारभूत सिद्धान्तलाई बदल्न जरुरी रहेको बताउँदै हालको पत्रकारिता मिसन पत्रकारिताबाट व्यावसायिक पत्रकारितातर्फ अगाडि बढेको बताउनुभयो । कार्यक्रममा क्रान्तिकारी पत्रकार सङ्घका संयोजक गोविन्द आचार्य, क्रान्तिकारी पत्रकार महासङ्घका संयोजक कुमार शाह, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष नारायण शर्मा, संवाद डवलीका अध्यक्ष दीपेन्द्र रोकायालगायतले बधाई तथा शुभकामना दिँदै नवनिर्वाचित समितिले श्रमजीवी पत्रकारको हकहितको पक्षमा सफलतापूर्वक कार्य गर्ने आशा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पत्रकार महेश्वर दाहाल र सूर्य थापालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।