बुधबार, बैशाख २६, २०८१

इजरायलस्थित नेपाली दूतावासमा गणतन्त्र दिवस मनाइयो (विज्ञप्ति सहित)

तेलअभि इजरायल ज्येष्ठ १५ ,मुलुकमा गणतन्त्र स्थापना भएको सात वर्ष पुगेको अवसरमा  इजरायलस्थित नेपाली दूतावासले सातौं गणतन्त्र दिवस पहिलोपटक अन्तर्राष्ट्रिय समुदायबीच एक भव्य समारोहबीचमा मनाएका छन ।

10425765_10202854001245809_200482150_nइजरायलस्थित नेपाली दूतावासको अयोजनामा बुुधवार सम्पन्न् उक्त कार्यक्रममा त्यहाँका स्वास्थ्यमन्त्री यायेल गेरमानको प्रमुख उपस्थिती रहेको थियो । कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको इजराईली स्वास्थ्य मन्त्री गेरमानले   कार्यक्रमलाई सम्बोधन गर्दै  दुई देशवीचको सम्बन्धलाई आपसी हितका लागि भविष्यमा थप विस्तारित गर्दै सहकार्यलाई निरन्तरता दिइने बताउँनु भएको छ । त्यस्तै इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाईले गणतन्त्र दिवसको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुुदायलाई नेपालको विद्यमान राजनीतिक अवस्थाबारे जानकारी गराइएको  दुतावासद्धारा

scan02501जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा राजदूत प्रसाईले नेपालमा जनताको नयाँ  संविधान बन्ने क्रममा रहेको बताउँदै नेपाल इजरायलको सम्बन्ध लामो र ऐतिहासिक रहेको चर्चा सहित  इजरायलले नेपालप्रति देखाएको सद्भाव र सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भएको उल्लेख गरिएको छ ।

त्यस्तै  कार्यक्रममा नेपाली संस्कृति झल्किने नृत्य,वृत्तचित्र र फोटो प्रर्दशनी गरिएको कार्यक्रमा इजरायल सरकारका उच्च अधिकारी, व्यवसायी, इजरायलमा रहेका विभिन्न देशका कूटनीतिक प्रतिनिधि, अन्तराष्ट्रिय समुदाय, लगायतको उल्लेखनीय उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख रहेको छ ।