शुक्रबार, बैशाख ७, २०८१

आज देखि बजेट अधिवेशन सुरु,पहिलो दिननै बैठक अवरुद्ध

काठमाडौँ ज्येष्ठ १६, व्यवस्थापिका–संसद्को आजदेखि सुरु भएको बजेट अधिवेशनको बैठक प्रारम्भ भएको १५ मिनेटमा नै आधाघन्टाका लागि  स्थगन भएको छ । सभामुख सुवासचन्द्र नेम्बाङले आजको बैठक सुरुगरे लगत्तै एनेकपा माओवादी तथा राप्रपा नेपालका सांसदहरू आ–आफ्नो आसनबाट उठदै बैठक अवरुद्ध गरेका थिए । बैठकमा सभामुख नेम्बाङले व्यवस्थापिका–संसद् अधिवेशनसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभएको थियो । त्यसपछि बैठकले ज्ञातअज्ञात सहिदप्रति दुई मिनेट मौनधारण गरेको थियो । अपराह्न १ बजेका लागि आह्वान गरिएको बैठक १:४५ मा मात्र सुरु भएको थियो ।

आज अधिवेशनको दोस्रो बैठकमा एमाओवादी लगायतका प्रतिपक्षी दलहरुले सहमती र सहकार्यबाट सरकार पछि हटेको भन्दै उठेर बिरोध गरेका थिए । त्यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिगतमा भएका सहमति कार्यान्वयनमा सरकार गम्भिर नभएको भन्दै प्रमुख प्रतिपक्षी एमाओवादीले बैठक अवरुद्ध गरेपछि सभाुमख सुभाव नेम्बाङले बैठक स्थगित गर्नु भएको हो । त्यस्तै एमाओवादी लगायतका प्रतिपक्षी दलहरुले सरकारले ४ बुँदे सहमति तथा संविधानसभाका बाँकी २६ सभासद्को मनोनयन यथाशिघ्र गर्न पनि सरकारको ध्यानाकर्षण गराउँदै कांग्रेसका मन्त्रीहरुले बजेटमा र एमालेले प्रहरीको बढुवामा मनोमानी गरेको आरोप लगाएका थिए । त्यसपछि  पनि बैठकमा अवरोध जारीनै रहेका कारण ज्येष्ठ १८ गते आइतबार दिनको ३ बजेसम्मका लागि स्थगित गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930