शुक्रबार, बैशाख १४, २०८१

सेतो मच्छिन्द्रनाथको रथ जात्रा विधिवत् रुपमा सम्पन्न

  काठमाडौँ चैत २८, गत चैत्र शुक्ल अष्टमीका दिनदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई आज बेलुकी जनबहालमा फर्काइएको छ । मूर्तिलाई रथबाट  मच्छिन्द्रनाथओराली खटमा राखेर सहरको विभिन्न भागमा घुमाएर जनबहालमा सेतो मच्छिन्द्रनाथको मूर्तिको प्रतिस्थापनपछि आजबाट सेतो मच्छिन्द्रनाथको रथ जात्रा विधिवत् रुपमा सम्पन्न भएको छ ।

रथ जात्राको क्रममा पहिलो दिन तीनधारा पाठशालामा सेतो मच्छिन्द्रनाथ जात्राको लागि रथआरोहण गराएपछि विधिवत रुपमा रथयात्रा सुरु भएको यो जात्रा तीनधारा पाठशालाबाट रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पु-याइएको थियो भने । दोस्रो दिन असनदेखि बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोकासम्म र तेस्रो दिन हुनमानढोका, चिकंमुगल, जैसीदेवल, ज्याःबहाल हुँदै लगन टोलसम्म पु९याई थियो । त्यसैगरि चौथो दिन लगनमा मच्छिन्द्रनाथको आमा रुखको परिक्रमा गरार्इ । पाँचौं दिन लगन, ज्याःबहाल, कोहिटी, भीमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालमै मच्छिन्द्रनाथलाई फर्काइने प्रचलन अनुरुप मच्छिन्द्रनाथको मूर्तिलाई जनबहालमै पु-याइएको हो।