शुक्रबार, बैशाख १४, २०८१

बिस्केट जात्रा हेर्न भक्तपुरमा हजारौँको भिड

 भक्तपुर वैशाख १, प्रत्येक नयाँ वर्षको दिन भक्तपुरमा प्रत्येक मनाइने बिस्केट जात्रा हेर्न आज बिहानैदेखि काठमाडौँ, ललितपुर, काभ्रेलगायत क्षेत्रबाट  हजाराँैको बिहानैदेखि भिड लागेको थियो ।  चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र आज दिनभर भव्य मेला गरी साँझ लिङ्गो ढाल्ने गरिन्छ । आज यो जात्रा हेरेमा मनोकाङ्क्षा पूरा हुने शत्रु नाश हुने जनविश्वास छ । त्यस्तै लिच्छविकालदेखि बिस्केट जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथयात्रा गरी मनाउन सुरु गरिएको सो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गरिन्छ ।