शनिबार, बैशाख १५, २०८१

दुई वर्षदेखि फरार फरार अभियुक्त पक्राउ

 वीरगन्ज वैशाख १३, पर्सा प्रहरीले लागुऔषध मुद्दामा दुई वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ ।सुराकीको आधारमा खटिएको प्रहरीको टोलीले भेडीयारी गाविस –६ निवासी रामाधार चौरसियालाई गएराति उनकै घरैबाट पक्राउ गरेको हो ।  लागुऔषधको मुद्दामा जिल्ला अदालत पर्साले arreastचौरसियालाई विसं २०६९ वैशाख १८ गते रु पाँच हजार जरिवानासहित दुई वर्ष कैद फैसला सुनाएको थियो । पक्राउ परेका चौरसियालाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रहरी चौकी सबैठवाले जनाएको छ ।

यसैबीच पर्सा प्रहरीले अवैध सामानसहितको एउटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले वीरगन्जको इनर्वास्थित बाइपास सडकबाट ना३ख ७७२७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकबाट मोटरपार्टस्, खेलकुदका सामग्री र कपडासहित रु दुई लाख ६० हजार मूल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकका चालक वीरगन्ज १३ निवासी विजय मालीलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।