शुक्रबार, बैशाख १४, २०८१

लोकतान्त्रिक संविधान जारी गर्न काँग्रेस प्रतिवद्ध : उपप्रधानमन्त्री सिंह

 काठमाडा चैत १, उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको सम्मानमा रत्न पुस्तकालय बानेश्वरद्धारा आज आयोजित कार्यक्रममा NN-Ktm-Prakash Man Singh-Sammanबोल्दै उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसले एक वर्षभित्र संविधान जारी गर्ने भूमिकालाई विशेष ध्यान दिनुको अलावा सबै दललाई विश्वासमा लिएर लोकतान्त्रिक संविधान जारी गर्न आफ्नो पार्टी सफल हुने विश्वास व्यक्त गर्नुभएको छ । त्यस्तै उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले) र एनेकपा (माओवादी)ले विधानसभाको निर्वाचनको क्रममा चुनावी घोषणापत्रमार्फत छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्नेबारे प्रतिबद्धता जाहेर गरिसकेकाले सरकार स्थानीय निकायको निर्वाचन गर्ने तफ पनि विशेष रुपमा क्रियाशील रहेको बताउँनु भएको छ ।

कर्यक्रममा आयोजक संस्थाका अध्यक्ष शशिविक्रम राणा, सहसचिव शकुन्तला पोखरेल, पूर्व अध्यक्ष श्यामप्रसाद अर्याल र रत्नराज्य उच्च माध्यमिक विद्यालयका प्राचार्य गीता खरेल सिवाकोटीले सम्पूर्ण स्वार्थ देश र जनताको हितलाई केन्द्रित गरेर काम गर्न उपप्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।