शनिबार, बैशाख १५, २०८१

आगामी बुधवार संविधानसभा उपाध्यक्ष र व्यवस्थापिका–संसदमा उपसभामुखको निर्वाचन हुने

काठमाडौं फागुन ८, आउँदो फागुन १४ गते बुधबार संविधानसभा उपाध्यक्ष र व्यवस्थापिका–संसदमा उपसभामुखको निर्वाचन हुने भएको छ । biccसंविधानसभाको आज बसेको बैठकले उपाध्यक्षरउपसभामुख निर्वाचनको मिति घोषणा गरेका हो । विधानसभाका नवनिवाचित सभाध्यक्ष सुवास नेम्बाङले आजको बैठकम संविधानसभा नियमावली २०६५ को नियम ९ बमोजिम उक्त निर्वाचन हुने सभालाई जानकारी दिँदै उहाँले उक्त प्रयोजनका निम्ति आवश्यक व्यवस्था मिलाउन संविधानसभा÷व्यवस्थापिका–संसद्सचिवालयलाई निर्देशन दिनुभएको थियो ।

त्यस्तै आजको बैठकले संविधानसभा व्यवस्थापिका–संसद्को कार्यव्यवस्था परामर्श समितिका सदस्यमा तीनजना सभासद् क्रमस पूर्णबहादुर खड्का, महालक्ष्मी उपाध्याय र मीनबहादुर विश्वकर्मालाई मनोनयन गर्नुको अलावा यसअघि विधान सभामा ज्येष्ठ सदस्यको हैसियतमा अध्यक्षता ग्रहण गदै आउँनु भएका सूर्यबहादुर थापाप्रति हार्दिक कृतज्ञता ज्ञापनका लागि गर्दै सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले थापाप्रति कृतज्ञता प्रकट गर्ने प्रस्तावमा सहमति जनाउन सभामा आग्रह गरेपछि उपस्थित सभासद्हरूले प्रस्तुत प्रस्तावमा सहमति जनाउनुभएको थियो