शनिबार, बैशाख १५, २०८१

सहिद माथेमाप्रति श्रद्धाञ्जलि

 काठमाडौँ माघ १३, सहिद सप्ताह अन्तर्गत काठमाडौँ महानगरपालिकाले आज सिफलमा एक कार्यक्रमकावीच तत्कालीन जहानियाँ राणा शासकले विभिन्न  Dharmabhaktaराजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा १९९७ माघ १३ गते माथेमालाई सिफलमा मृत्युदण्ड दिएका सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्मरणमा उहाँको सालिकमा पुष्पगुच्छा चढाएर श्रद्धाञ्जलि अर्पण गरेको छ ।  

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले मुलुकमा प्रजातान्त्रिक पद्धति विकास गर्न सहिद माथेमाले गरेको त्याग र समपर्णको चर्चा गर्नु भएको थियो । त्यस्तै माथेमा समाज गुठीका अध्यक्ष सुरेन्द्र माथेमा र सहिद माथेमाकी छोरी रेणु माथेमा श्रेष्ठले देशमा जनताका अधिकारलाई स्थापित गरी मुलुकलाई लोकतान्त्रिक शासन प्रणालीबाट सञ्चालन गर्न सकेमा सहिदको आत्माले शान्ति पाउने विचार व्यक्त गर्दै सहिद माथेमाको नामबाट सामाजिक संस्था स्थापना गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।