बिहिबार, चैत्र १५, २०८०

सहिद चन्द र श्रेष्ठप्रति श्रद्धाञ्जलि

 काठमाडौँ माघ १५ , सहिद सप्ताहअन्तर्गत आज काठमाडौँ महानगरपालिकाले एक कार्यक्रमकावीच सहिद दशरथ चन्द र गङ्गालाल श्रेष्ठप्रति भावपूर्ण Gangalalश्रद्धाञ्जलि अर्पण गरेको छ । 

कामपा वडा न,१५ स्थित शोभाभगवतीमा रहेको उहाँहरूको शालिकमा फूलमाला तथा पुष्पगुच्छा चढाइएर श्रद्धाञ्जलि अर्पण गरेको हो । कार्यक्रममा सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै महानगर पालिकाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले सहिदहरूले गरेको त्याग र बलिदानका कारण आज सम्पूर्ण नेपाली स्वतन्त्रपूर्वक जिउन पाएको अभिव्यक्ति दिनु भएको थियो । 

तत्कालीन समयमा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि विभिन्न गतिविधि सञ्चालन गरेको अभियोगमा राणा शासकले विसं १९९७ माघ १५ गते उहाँहरूलाई सोही स्थानमा गोली हानी मृत्युदण्ड दिएका थिए ।