शुक्रबार, चैत्र १६, २०८०

सहिद शास्त्रीप्रति भावपूर्ण श्रद्धाञ्जलि

 काठमाडौ माघ १०, सहिद सप्ताहको पहिलो दिन काठमाडौँ महानगरपालिकाले एक कार्यक्रमकावचि टेकु पचलीमा सहिद शास्त्रीले अमरत्व प्राप्त गरेको  स्मरणमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ ।  तत्कालीन जहानियाँ राणा शासकले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा विसं १९९७ माघ १० गते शास्त्रीलाई सोही स्थानमा मृत्युदण्ड दिएका थिए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत एवम् सहिद सप्ताह कार्यक्रमका संयोजक लक्ष्मण अर्यालले देशमा प्रजातान्त्रिक शासन व्यवस्था स्थापित गरी जनताका अधिकारलाई संरक्षण गर्न उहाँले गर्नुभएको त्यागको सम्मान गर्दै मुलुकमा जनउत्तरदायी सरकार तथा लोकतान्त्रिक शासन व्यवस्था सञ्चालन गर्न आवश्यक रहेको जिकीर गर्नु भएको थियो