शुक्रबार, बैशाख १४, २०८१

यौनक्षमता वृद्धिका लागि …..

 रमाईलो शुक्रवार 

काठमाडौँ माघ १०,  दौडबाट यौनक्षमतामा वृद्धि : जो नियमित रूपमा दौडन्छन्, उनीहरूको यौन जीवन सक्रिय हुन्छ। हालै गरिएको एक Trail-des-forts-1अनुसन्धानअनुसार यौन सक्रियताका लागि आवश्यक सेक्स हार्मोन टेस्टोस्टेरनको मात्रा दौडदा बढ्ने हुँदा नै यौन सक्रियता बढ्छ। यौन क्रियाकलापमा टेस्टोस्टेरन हार्मोनको सम्बन्ध हुनुका साथै रक्त सञ्चार तथा मांसपेशीको परिणामका साथै एकाग्रता, मुड र स्मरणशक्तिमा पनि यसको प्रभाव पर्ने अनुसन्धानमा उल्लेख गरिएको छ ।

महिनावारीमा कामोत्तेजना :वैज्ञानिक अनुसन्धान अनुसार महिनावारीका दिनमा महिलाको एस्ट्रोजन र प्रोजेस्टेरन हार्मोनको स्तर तीव्र गतिमा परिवर्तन हुन्छ जसबाट उनीहरू यो समयमा बढी कामोत्तेजना अनुभव गर्छन्। महिनावरीको यौनमा गर्भाशयमा हुने संकुचन र पीडाबाट पनि राहत प्राप्त हुन्छ। sex neयो समयमा कण्डोमको प्रयोग अवश्य गर्नुपर्छ। यो हाइजिनका दृष्टिले मात्र नभई गर्भधारणको दुई प्रतिशत सम्भावनाका दृष्टिले पनि आवश्यक छ। यसबाहेक महिलाहरूले हाइजिनको दृष्टिकोणबाट डायफ्राम प्रयोग गर्न सक्छन्।

यौन कमजोरीमा माछाको तेल: अमेरिकी वैज्ञानिकहरूको एउटा अनुसन्धानअनुसार माछाको तेल महिला र पुरुषका अनेकन यौनसम्बन्धी कमजोरीलाई हटाउन सहयोग हुन्छ। कतिपय युवा विभिन्न DSकारणले आफ्नो साथीलाई पूर्णरूपमा यौनसन्तुष्टि प्रदान गर्न सक्षम हुँदैनन्। जसका कारण विवाहको एउटा निश्चित समयपश्चात् नै सम्बन्ध विच्छेदसम्मको स्थिति सिर्जना भएको पाइन्छ। वैज्ञानिकहरूका अनुसार यस्ता पुरुषले माछाको तेल एक चम्चा दैनिक रूपमा उपयोग गरेर आफ्नो यौन दुर्बलताबाट मुक्त हुन सक्छन्। क्यालिफोर्नियाका वैज्ञानिकहरूले ५० जोडी स्त्री९पुरुषमा यसको प्रयोग गरेका थिए जसको परिणामस्वरुप जो तीन महिनापूर्व यौन क्रियाकलापबाट बच्न चाहन्थे उनीहरूले प्रसन्नतापूर्वक यौनमा रुचि लिएको पाइयो।

नपुंसकताको सम्भावना :एक वैज्ञानिक अनुसन्धानअनुसार मोबाइल फोनको अत्यधिक प्रयोग  Mobile-Phoneगर्ने पुरुषको शुक्राणुको संख्या कम मात्र हुँदैन, तिनमा असामान्यताको लक्षण पनि देखा पर्न सक्छ। अनुसन्धानमा मोबाइल फोनको बढी प्रयोग गर्ने पुरुषमा शुक्राणुको ३० प्रतिशत कमी पाइयो र बाँकी शुक्राणुमा पनि असामान्यताको लक्षण देखापर्यो। विश्व स्वास्थ्य संगठनको एउटा प्रतिवेदनअनुसार मोबाइल फोनको रेडियो फ्रिक्वेन्सीले शरीरमा नकारात्मक प्रभाव पार्छ विशेषगरी प्रजनन अंगहरूमा।नकारात्मक प्रभाव पार्छ विशेषगरी प्रजनन अंगहरूमा।