शनिबार, बैशाख १५, २०८१

नेपाल क्षयरोग निवारण संस्थाको २९ औँ जिल्ला सभामा पत्रकार सम्मानित

 भक्तपुर पौष २१, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले सभासद् रामेश्वर ढुङ्गेलको प्रमुख आतिथ्यमा आयोजित संस्थाको २९ औँ जिल्ला सभाको क्रममा संस्थाका imagerपूर्व सभापति एवम् पत्रकारद्वय पुष्कर बुढाथोकी र मणिराम लामिछाने लाई सम्मान गरेको छ । 

भक्तपुर जिल्लामा क्षयरोग नियन्त्रण अभियानमा आºना पत्रिकामार्फत जनसमुदायमा चेतना अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पु-याएवापत उहाँहरूलाई सम्मान गरिएको क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले जनाएको छ । त्यस्तै जिल्ला सभाको बन्दसत्रमा संस्थाका सचिव राम सिख्वःद्वारा प्रस्तुत आव २०६९/७० को प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रम र कोषाध्यक्ष बलदेवभक्त कर्माचार्यद्वारा प्रस्तुत आव २०६९/७० को आयव्यय विवरण पारित गरिएको थियो ।