बिहिबार, बैशाख १३, २०८१

सांस्कृतिक सङ्ग्रहालय स्थापना

 काठमाडौँ पौष १८, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा देशका महान्तम उपलब्धिको प्रचारप्रसारमा सक्रिय भूमिका निर्वाह गर्ने संस्थाको आवश्यकता महसुस  गरी सांस्कृतिक सङ्ग्रहालय नेपाल नामक संस्थाको स्थापना गरिएको छ ।  

 सङ्ग्रहालय संचालनको क्षितिजअरुण श्रेष्ठको अध्यक्षतामा गठित कार्यसमितिको  उपाध्यक्षहरूमा भैरव शाही र प्रकाश दाहाल, महासचिवमा डा शशीधर खनाल, सचिवमा बलराम श्रेष्ठ, कोषाध्यक्षमा मञ्जु तुलाधरका साथै सदस्यहरूमा मदन चुडाल, सुहान शिवभक्ति र दिलीप कार्की रहनुभएको छ भने संस्थागत सल्लाहकारमा पुरुषोत्तमशमशेर जबरा (इतिहासकार), प्रो. दिनेशराज पन्त (इतिहासविद्), जलकृष्ण श्रेष्ठ (सङ्ग्रहालयविद्), प्राडा सुरेन्द्र केसी (इतिहासविद्) र दिनेश सत्याल रहनुभएको छ ।