शुक्रबार, बैशाख १४, २०८१

उपत्यकाको पहिचान जर्गेनाकालागि कामपाले हेरिटेज वाक अभियान सञ्चालन गर्दै

 काठमाडौं पौष २२ ,काठमाडौं महानगरपालिकाले उपत्यकाभित्रका ऐतिहासिक, सांस्कृतिक, धार्मिक सम्पदालगायत नदीको संरक्षण र सम्वर्द्धन गर्न हेरिटेज वाक सञ्चालन गर्ने भएको छ । ललितपुर उपमहानगर, कीर्तिपुर, मध्यपुर ठिमी र भक्तपुर नगरपालिकासँग समन्वय गरी कामपाले प्रस्तुत कार्यक्रको आयोजना बनाएको हो । यस अघि गणेशमानसिहं anup_20131221_-16अध्ययन प्रतिष्ठाको आयोजना एवम् नेपाल पर्यटन वोर्ड र कामपाको संयुक्त आयोजनामा बसन्पुर स्वयम्भू क्षेत्रमा हेरिटेज वाकको आयोजना गरिएको थियो।

 उपत्यकाको पहिचान गुम्दै गएका निष्कर्ष सहित कामपाले संचालन गर्ने हेरिटेज वाक अन्र्तगत पहिलो चरणमाआज थापाथलीको कालमोचनघाटबाट टेकुदोभासम्म र त्यसपछि पशुपतिनाथ र स्वयम्भू चाँगुनारायण, बूढानीलकण्ठ,  गुह्येश्वरी, पाटन दरबार क्षेत्र, वसन्तपुर दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र लगायतमा क्षेत्रमा हेरिटेज वाक गरिने कामपाका कार्यकारी अधिकृत लक्ष्मण अर्यालले बताउँनु भएको छ । त्यस्तै हेरिटेज वाकका लागि सातामा दुई दिन अनिवार्य पैदल वा साइकल यात्राको अवधारणा कार्यान्वयन गरिने बतायँदै कार्यकारी अधिकृत अर्यालले कार्यक्रम अवधिभर बाटोमा दुई दिन पूर्णरूपमा सवारी साधन बन्द गर्ने तयारी भइरहेको उनले बताए ।