शनिबार, बैशाख १५, २०८१

पर्यटन प्रवद्र्धनका लागि छ अन्तर्राष्ट्रिय भाषामा ब्रोसर

 भक्तपुर पौष २२ , सांस्कृतिक एवम् पर्यटकीय जिल्लाका रूपमा परिचित भक्तपुर परिचयलाई थप विस्तारित गर्दै पर्यटन प्वद्र्धनका लागि भक्तपुर नगरपालिकाले विभिन्न ६  अन्तर्राष्ट्रिय भाषामा भक्तपुरको परिचय सहितको ब्रोसर प्रकाशित गरेको छ ।

भक्तपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज बनाउने लक्ष्य सहित तथा भक्तपुरको परिचयलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन सहयोग पु-याउने लक्ष्यसहित जर्मनी, चाइनिज, जापानिज, फ्रेन्च र स्पेनिस र जापानिज भाषामा पर्यटकीय गन्तव्यको चिनारी तथा भक्तपुर नगरको नक्सा एवम् जिल्लाका प्रमुख सरकारी केन्द्रहरूलाई समावेश गरि प्रकाशित उक्त ब्रोसर नयाँवर्ष २०१४ को सुभारम्भ देखि पर्यटकहरुलाई वितरण गरिएको भक्तपुर नगरपालिकाले जनाएको छ ।