शनिबार, बैशाख १५, २०८१

प्रम देउवाद्दारा सरकार विस्तार, प्रतिपक्ष एमाले र सत्तासाझेदार दल माओवादीअक्क न वक्क

  • राप्रपाका अध्यक्ष कमल थापा सहित ३ मन्त्री र ४ राज्यमन्त्री  सरकारमा  थप

  • शनिवार सपथ

  • मन्त्रीपरिषद विस्तारसैगै देउवा मन्त्रीमण्डल मन्त्रिमण्ड६४ सदस्यीय

  • सत्तासाझेदार दल माओवादीभित्र अब सरकारमा बस्ने वा नबस्ने भन्ने विषयमा गम्भिर छलफल

  • एमालेको विरोध,मन्त्री नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिनुपर्ने माग

काठमाडौं असोज २७,  प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष कमल थापा सहित ३ मन्त्री र ४ राज्यमन्त्रीलाइ सरकारमा सामेल गर्दै सरकाको विस्तार गर्नु भएको छ ।  प्रम दउवाले राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीको जिम्मेवारी तोक्नु भएको छ भने राप्रपा नेताहरु दिलनाथ गिरी, जयन्त चन्द, विक्रम थापा विनाविभागीय मन्त्री र कुन्ती साही, भास्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराई राज्यमन्त्री नियुक्त भएका छन् । अहिलेसम्म कसैलाई पनि मन्त्रालय तोकिएको छैन । त्यस्तै देउवा सरकारमा नवनियुक्त मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष पठाइएको छ र शनिवार सपथ हुने बताईएको छ ।

यसैवीच निर्वाचन आयोगले मन्त्रीमण्डल विस्तार गर्नु निर्वाचन आचारसंहिता विपरित हुने भन्दै सरकारलाई सचेत गराउँदा गराउँदै प्रधानमन्त्री देउवाले राप्रपालाई सरकारमा सहभागि गराएका हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्तासाझेदार दल माओवादी केन्द्र रणभुल्लमा परेका छन ।

यसैवीच माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि कांग्रेस सभपति समेत रहेका प्रधानमन्त्री देउवा रुष्ट बनेका प्रम देउवाले सरकार विस्तार गरेसंगै सत्तासाझेदार दल माओवादीभित्र अब सरकारमा बस्ने वा नबस्ने भन्ने विषयमा गम्भिर छलफल सुरु भएको छ । छलफलको क्रममा प्रम देउवाले सत्ता साझेदारको रुपमा राप्रपालाई रोजेकाले आफुहरु सरकारमा बसिरहन उचित नहुने अभिमत प्रकट गरेको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै प्रतिपक्षीदल एमालेले सरकारको यस कदमको विरोध गर्दै  प्रधानमन्त्री स्वयंले निर्वाचन आचार संहिताको धज्जी उडाउने काम गरेको भन्दै एमालेले पछिल्लो मन्त्री नियुक्ति बदर गर्न निर्वाचन आयोगले आदेश दिनुपर्ने माग गर्दै  एमालेले मन्त्रिपरिषद विस्तारको निर्णय बदर नगरे आयोगको भूमिका औचित्यहीन हुने बताएको छ ।