बिहिबार, बैशाख १३, २०८१

उम्मेदवारको अधिकतम खर्च सीमा २५ लाख

 काठमाडौ असोज २७,  निर्वाचन आयोगको आज बसेको बैठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । आयोगले निर्धारण गरेको खर्चको अधिकतम सीमाअनुसार प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा निर्वाचनमा बढीमा रु १५ लाख खर्च गर्न पाउने जनाएको छ ।

यसैगरी आयोगद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार रु दुई लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको सङ्ख्याअनुसार प्रतिउम्मेदवार रु २ लाख ५० हजारसम्मको अधिकतम खर्च सिमा तोकेको जनाइएको छ ।