शनिबार, बैशाख २९, २०८१

सहकारीलाई प्राथमिकता दिने मेयर शाक्यको प्रतिबद्धता

काठमाडौं असोज २८, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहकारी संस्थाहरुलाई एकीकरण गरेर सदस्यहरुलाई बढी सुविधा दिनुपर्नेमा जोड दिएका छन् ।  शनिबार काठमाडौंको गणबहालमा रहेको भिनस बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभामा उहाँले सहकारीको माध्यमबाट स्थानीय स्तरको विकास हुने भएकाले महानगरपालिकाले सहकारीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

मेयर शाक्यले सहकारी पनि स्थानीय सरकार अन्तर्गत् भएकाले स्थानीय बासिन्दालाई सहकारी अभियानमा लाग्दै देश विकासमा अघि बढ्न आग्रह समेत गर्नु भयो । साधारणसभामा संस्थाको तर्फबाट सञ्चालक समितिले मेयर शाक्यलाई शुभकामनासहित सम्मानित गरेको थियो । गत वर्ष एकीकरण भएको यो संस्थाले यस वर्ष मुनाफा कमाउन सफल भएको र संस्थाको कार्यक्षेत्र काठमाडौं जिल्ला रहेको संस्थाले जनाएको छ ।