बिहिबार, चैत्र १५, २०८०

पूर्व कुमारीबाट ने.स. ११३८को क्यालेण्डरको विमोचित

काठमाडौं असोज २९, नेपाल संवत् ११३८ को उपलक्ष्यमा उपत्यकाका जीवित देवी कुमारीको छायाँचित्र सहितको आकर्षक क्यालेण्डर शनिवार एक अनौपचारिक कार्यक्रमकावीच निवर्तमान कुमारीको मतिना शाक्यको बरद वाहुलीबाट अनौपचारिक कार्यक्रम विच लोकार्पण गरिएको छ ।

कान्तिपुर हटलाइन डटकमका फोटो पत्रकार विगत लामो शरण डंगोल र संस्थाका शुभेच्छुक फोटो पत्रकार रेखा शाक्यको दोश्रो प्रयास स्वरुप प्रकाशित यस क्यालेण्डरमा काठमाडौंका निर्वतमान राजकिय कुमारी लगायत काठमाडौं, भक्तपुर, ललितपुर, बुङ्गमती, टोखा, साँखु, पनौती, नुवाकोटका जीवित देवी कुमारीहरुको तस्बिर संग्रह गरिएको छ ।

जीवित देवी कुमारीको बारेमा केही मात्रामा भएपनि सांस्कृतिक दायित्व बोध हुनेछ भन्ने विश्वास सहित प्रस्तुत क्यालेण्डरको प्रकाशन गरिएको फोटो पत्रकारद्दयले बताएका छन । यसअघि पत्रकार डंगोलको सम्पादनमा पचली भैरव राजभण्डारी दुर्दाइ गुठीको संग्रणीय स्माररिका समेत प्रकाशन गरिएको थियो ।