शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिद्वारा नवनियुक्त प्रन्या पराजुलीलाई पद तथा गोपनीयताको शपथ

काठमाडौ श्रावण २, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा आज आयोजित एक विशेष समारोहका वीच नवनियुक्त प्रधानन्यायाधीश गोपाल IMGq_1302पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, मुख्य सचिवलगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्दारा जारी विज्ञप्तिमा  उल्लेख गरिएको छ ।
गत ज्येष्ठ २४ देखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनुभएका पराजुलीले आगामी २०७५ वैशाख १५ गतेसम्म कार्यभार सम्हाल्नु हुनेछ ।  फोटो: राष्ट्रपतिको कार्यालय ।

यसैवीच राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथगरे लगत्तै प्रन्या पराजुलीले पदभार ग्रहण गर्दै प्रतित्रिया दिने क्रममा संविधानले दिएको जिम्मेवारीभित्र रहेर काम गर्ने बताउँनु भएको थियो ।