शुक्रबार, बैशाख १४, २०८१

पत्रकार महासंघद्दारा पत्रकार पक्राउको विरोध

  काठमाडौं पौष २८,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीलाई प्रश्न सोध्दा प्रहरीले प्रमुख आयुक्त लोकमानसिंह कार्कीको निर्देशनमा मोरङका fng logo 1पत्रकारलाई विराटनगरमा गरिएको दुर्व्यवहारको नेपाल पत्रकार महासंघ, प्रेस चौतारीलगायत पत्रकारसँग सम्बन्धित संघ संस्थाले विरोध गरेका छन् । महासंघ महासचिव ओम शर्माले आइतबार विज्ञप्ती जारी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगजस्तो संवैधानिक निकायको प्रमुखबाट पत्रकारमाथि दुर्व्यवहार गरिनु र प्रहरी लगाएर पक्राउ गराउनु प्रेस स्वतन्त्रामाथि ठाडो हस्तक्षेप भएको जनाएको छ ।
महासंघ एक जना संवैधानिक निकायका प्रमुखबाट पत्रकारमाथि भएको यो दुव्र्यवहारको कडा शब्दमा भर्त्सना गरेका छ । त्स्तै ु विज्ञप्तीमा विराटनगरमा गिरफ्तार गरिएको सबै पत्रकारको तुरुन्त सम्माजनक रिहाईको माग गर्दै महासंघले संवैधानिक अधिकारको सम्मान गर्दै स्वतन्त्र र निर्भिकतापूर्वक प्रेसलाई आफ्नो भूमिका निर्वाह गर्ने वातारण तयार गर्न महासंघ सरकारको ध्यानाकर्षण गराएका छन ।