आइतवार, बैशाख १६, २०८१

भ्रष्टाचारको अभियोगमा प्राविधिक कर्मचारीद्दय र प्रअ यादवसहित ४ जना विरुद्ध मुद्दा दायर

काठमाडौं माघ ९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुद्धोदन गाउँपालिकाको कार्यालयमा प्राविधिक शाखामा कार्यरत दुई प्राविधिक कर्मचारीद्दय इञ्जिनीयर कपिल अर्याल र सबइञ्जिनीयर लक्ष्मण ढुङ्गानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगद्दारा जारी विज्ञप्तिमा मुद्धा दायर गरिएको इञ्जिनीयरद्दय अर्याल र ढुङ्गानाले सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिने भन्दै रु ८० हजार घुस लिदै गरेको अवस्थामा आयोगले पक्राउ गरेको जनाएको छ

यसैवीच आयोगले आजै सप्तरीको साबिक त्रिलोक गाविस–४ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तेजनारायण यादवसहित ४ जना विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार मुद्धा दायर गरिएका यावद सहित ४ जनाले विद्यालय भवन निर्माणको रकम अनियमितता गरेको आरोप आयोगले लगाएको छ । आयोगले तत्कालीन प्रधानाध्यापक चक्रधरप्रसाद देव र तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादवविरुद्ध समान रु दुई लाख, प्रधानाध्यापक तेजनारायण यादव रु पाँच लाख आठ हजार ८४० र शिक्षक चन्द्रनारायण यादवले रु ५१ हजार २०० बराबरको भ्रष्टाचार गरेको आयोगले जनाएको छ ।

आयोगद्दारा दायर मुद्धामा तेजनारायण यादव समेतले विद्यालयको भवन निर्माण, छात्रवृत्तिको लागि निकासा भएको रकममा लागत इष्टिमेट अनुसारको कार्य नगरी छात्रवृत्ती वितरण भरपाई कागजातमा किर्ते सहिछाप गरी तथा बिद्यालयको पी।सी।एफ। बापतको रकम हिनामिना गरी आफुहरुलाई गैह्रकानूनी लाभ तथा नेपाल सरकारलाई गैह्रकानूनी रूपमा हानीनोक्सानी पुर्‌याइ भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका ब्यक्तिहरू उपर देहाय बमोजिमको सजायको मागदावी लिइएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174