शनिबार, बैशाख ८, २०८१

आजबाट राष्ट्रिय शहीद सप्ताह शुरु, टेकुस्थित शहीद शुक्रराजको पूर्णकदको सालिकको अनावरण गरिने

काठमाडौ माघ १० , मुलुकमा प्रजातन्त्र स्थापनाका जीवन आहूति दिने शहीदको स्मृतिमा बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सप्ताव्यापीरुपमा मनाइने शहीद सप्ताह मनाउन काठमाडौं महानगरपालिकाको संयोजकत्वमा मुलसमाहरो समिति गठन गरिएको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

काठमाडौं महानगरका अनुसार सप्ताहको पहिलो दिन बिहीबार बिहान टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्दै सप्ताहको सभारम्भ गर्ने कार्यक्रम रहेको बुझिएको छ ।  त्यस्तै त्यस्तै समितिले माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा, १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा गर्ने जनाएको छ ।

माघ १६ गते बुधबार शहीद दिवसका अवसरमा बिहान शान्तिबाटिकाबाट शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी सहित ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।प्रस्तुत कार्यक्रममा प्रधानमन्त्री केपी ओली, मन्त्रीगण, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि एवम्नागरिको उपस्थिती रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174