आइतवार, बैशाख १६, २०८१

गुगल कम्पनीद्दारा १३ वरिष्ठ म्यानेजरसहित ४८ कर्मचारीलाइ गरे वखास्त

समाचार एजेन्सी न्यूयोर्क कार्तिक ९,  गुगल कम्पनीले यौन उत्पीडन गरेको आरोप लागेका १३ जना वरिष्ठ म्यानेजरसहित ४८ जना कर्मचारीलाई सेवाबाट निष्काशित त गरेको छ ।यसरी निष्काशित गरिएका कर्मचारीहरुउपर लागेको यौन उत्पीडनको अभियोगको अनुसन्धान पछि नै कर्मचारी निष्कासन गरिएको समाचार एजेन्सीहरुले जनाएको छ ।

समाचार स्जेन्सीले गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचईलाइ उदृत गर्दै उल्लेख गरेअनुसार गुगलले आफ्ना कर्मचारीको नाममा पत्र सार्वजनिक गर्दै दुर्व्यवहारको आरोपमा यो कडा निर्णय गरिएको बताएका छन । त्यस्तै पत्रमा न्यूयोर्क टाइम्समा सार्वजनिक भएको एउटा प्रतिवेदनको जवाफमा लेखिएको बताइएको छ । जसमा एन्ड्रोइड निर्माता एन्डी रुविनमाथि लागेको यौन उत्पीडनको आरोपको बदलामा ९० मिलियन डलरको प्याकेज दिएर बिदाइ गरिएको उल्लेख थियो । तर, रुविनका प्रवक्ताले भने यो आरोपलाई अस्वीकार गरेका थिए ।

रुविनले सन् २०१४ मै कम्पनी छाडेका थिए । न्यूयोर्क टाइम्सको रिपोर्टअनुसार त्यस बेला उनलाई भव्य पार्टी दिइएको थियो । प्रमुख कार्यकारी अधिकृत पिचईले आफ्नो पत्रमा न्यूयोर्क टाइम्सको रिपोर्ट पढ्दा धेरै कष्ट भएको र यसबारे गुगल गम्भीर रहेको उल्लेख गरेका छन् । उनले गुगल आफ्ना कर्मचारीलाई सुरक्षित कार्यक्षेत्र दिन तयार रहेको बताएका छन् ।