बिहिबार, बैशाख २०, २०८१

दक्षिण कोरियाद्धारा रामग्रामलाई स्माट सिटी बनाउन सहयोग गर्ने

यशोदा पौडेल/ नवलपरासी असोज ६,   दक्षिण कोरिया सरकारले नेपालका उत्कृष्ट छ वटा स्थानिय तहलाई स्माट सिटी बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौं सहित दुई वटा महानगरपालिका र चार वटा नगरपालिकाहरुको दिगो विकासका लागि दक्षिण कोरियाले सहयोग गर्ने भएको हो । दक्षिण कोरियाले सहयोग गर्न लागेको महानगरपालिका तर्फ काठमाडौं र पोखरा रहेका छन् भने नगरपालिकाहरु तर्फ नवलपरासीको रामग्राम , धादिङ्गकोे निलकण्ड यसैगरी photo 1धुलिखेल र भक्तपुर रहेका छन ।

पत्रकार सम्मेलनमामा रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ति स्थानिय तहरुलाई दिगो विकास गर्ने उदेशयका साथ दक्षिण कोरिया सहयोग गर्न लागेको जानकारी दिनुुभयो ।  त्यस्तै पत्रकार सम्मेलनमा नगरप्रमुख गुप्ताले दक्षिण कोरियाको राजधानी सोलमा एक साता अघि सम्पन्न २०१७ ईन्टरनेशनल सिटी समिट एण्ड् मेय¥र्स फोरम कार्यक्रममा सो वारे जानकारी दिईएको थियो ।

छनौट गरेका नेपालका ति ६ वटा स्थानिय तहलाई स्माट सिटीको रुपमा दिगो विकासका लागी दक्षिण कोरियाले विविध योजना अघि सारेको छ । बिशेष गरी गौत्तम बुद्धको अष्ठुधातु रहेको नवलपरासीको रामग्राम सहित बुद्धको सक्रिट भएका महत्वपुर्ण स्थलहरुलाई लक्षित गरी यस क्षेत्रमा दक्षिण कोरियाले उच्च प्राथमिकताका साथ सहयोग गर्न लागेको रामग्राम नगरपालिकाका नगरप्रमुख गुप्ताले बताउँनु भएको छ ।  एक हप्ता सम्म चलेको फोरम सहित फिल्ड भिजिट कार्यक्रममा बिश्व भरीका करिब ५० देशका करिब १३० जना नगर प्रमुख तथा मेयरहरुको सहभागीता रहेको थियो । कार्यक्रममा दक्षिण कोरियाले ३५ बर्षमा गरेको चौतर्फी विकास बारे विस्तृत रुपमा जानकारी गराईएको थियो ।