बुधबार, बैशाख २६, २०८१

आजबाट देशभर प्रहरी हाम्रो टोलमा’ अभियान शुरु

काठमाडौ असोज ६ , गृह मन्त्राललयले आजबाट ‘शान्ति सुरक्षा र सुशासन: जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान शुरु गरेको छ । गृहमन्त्री जनार्दन शर्माले अभियानको एक कार्यक्रमकावीच सुभारम्भ गर्दै प्रस्तुत अभियान यसअघि मन्त्रालयले सार्वजनिक गरेको ८४ बुँदे गृह प्रशासन सुधार Captureमार्गचित्र अनुरुप एकै साथ आज देशभर दुई हजार ५०० प्रहरी इकाईमा लागू भएको जानकारी दिनुभएको थियो ।

त्यस्तै उहाँले प्रस्तुत अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउँदै प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउन सघाउ पुग्ने बताउँनु भएको छ । साथै उहाँले देशभरको प्रत्येक समाजलाई टोलका रूपमा विकास गरी टोल सुधार समिति गठन गरेर आपराधिक गतिविधि नियन्त्रण गर्न र सामाजिक विकास कार्यमा सहकार्य गर्ने उद्देश्य राखिएको बताउँनु भएको छ ।

कार्यक्रममा गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ , गृह सचिव लोकदर्शन रेग्मी नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालल लगायतले मन्त्रालयले अघि सारेको अभियानले प्रहरी र नागरिक बीचको सम्बन्ध थप बलियो पार्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2017
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031