शुक्रबार, चैत्र १६, २०८०

सरकारलाई अन्त्येष्टिको व्यवस्था गर्न आयोगको ध्यानाकर्षण

काठमाडौ असोज ६,  राष्ट्रिय मानवअधिकार आयोगले आमरण अनशनका क्रममा गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको मृत्यु भएको तीन वर्ष बितिसक्दा अन्तिम संस्कार नभएको हुँदा सरकारलाई अन्त्येष्टिको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।
NHRC_ Press _Release_Regarding_Nanda_Prasad_Adhikari_&_Justice_2074_6_6आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा अधिकारीको शरीरको अधिकारको हनन भएकाले तत्काल आफ्नो धर्मसंस्कृति तथा परम्परानुसार अन्त्येष्टि गर्न ध्यानाकर्षण गराउँदै भनिएको छ, “नन्दप्रसाद अधिकारीको शवको आफ्नो धर्मसंस्कृतिअनुसार अन्त्येष्टि हुन पाउने शरीरको अधिकारको सम्मान गर्न तथा पीडितलाई न्याय प्रदान गर्नका लागि तत्काल पहल गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ भनिएको छ ।”

त्यस्तै विज्ञप्तिमा आयोगले कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पटक पटक पत्राचार एवं सिफारिस गरेको तर कार्यान्वयनमा ध्यान नदिएको आरोप लगाएको छ । छोरा कृष्णप्रसादको हत्याविरुद्ध न्यायका लागि आमरण अनशनमा बसेका अधिकारीको ३३४ दिनको अनशनकै क्रममा त्रिवि शिक्षण अस्पतालमा २०७१ असोज ६ गते मृत्यु भएको थियो ।