बिहिबार, बैशाख २०, २०८१

सेजन अध्यक्षमा आचार्य

imagesकाठमाडौ भाद्र १६ , आर्थिक पत्रकातिाको क्षेत्रमा क्रिशील पत्रकारहरुको साझा संस्था आर्थिक पत्रकार समाज सेजनको आज सम्पन्न अधिवेशनबाट समाजको अध्यक्षमा पुष्पराज आचार्य ११८ मत प्राप्त् गर्दै निर्वाचित हुनुभएको छ ।

आर्चाको निकटतम प्रतिस्प्रर्धी मोदनाथ ढकालले १०६ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपाध्यक्षमा प्रभात भट्टराई १३७ मतका साथ विजयी घोषित हुँदै गर्दा निकटतम प्रतिस्प्रर्धी रामराजा श्रेष्ठले ८८ मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिस्प्रर्धी महासचिवमा जनार्दन बरालले ७० मत प्राप्त गर्दैगर्दा भीमप्रसाद गौतमले १०६ प्राप्त गरी विजयी भएको घोषणा गरिएको थियो ।  त्यस्तैगरि सचिवमा सुजन ओली कोषाध्यक्षमा भागवत भट्टराई र सदस्यहरुमा क्रमस एलिजा उप्रेती , हिमाल पौडेल सागर घिमिरे , कृष्ण रिजाल शिव बोहोरा विजयी हुनुभएको निर्वाचन समितिले जनाएको  छ ।