बिहिबार, चैत्र १५, २०८०

अमेरिकामा पत्रकार मञ्चको शाखा विस्तार

काठमाडौ भाद्र १७,   नेपाल पत्रकार मञ्चको अमेरिका शाखा गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष चन्द्रमणि भट्टराईको उपस्तिथिमा विधानत उक्त शाखा गठन  गरिएको  हो ।  भट्टराईको उपस्तिथिमा सम्पन्न भेलाले टंक न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सहितको शाखा विस्तार गरिएको प्राप्त  समाचारमा Captureउल्लेख गरिएको छ ।

नवगठिन शाखाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमस केशर कार्की, अशोक ढकाल र रिना शर्मा रहनु भएको छ । कोषाध्यक्ष शर्मा भने यसअघि काठमाडौं पत्रकार महासंघको कार्यसमिति सदस्य समेत रहिसक्नु भएको छ ।

त्यस्तै शाखाका सदस्यहरुमा भने लिलादेवि ओझा, बद्री गौतम, भोज बहादुर मगर, ईश्वर भण्डारी र निरन्तर रमन घिमिरे रहेको उल्लेख गरिएको छ ।