बिहिबार, बैशाख १३, २०८१

महासंघलाइ पत्रकारको साझा मन्दिर बनाउँछु: अध्यक्ष आचार्य

– निर्वाचित कार्यसमितिलाई महासंघको पदभार हस्तान्तरण ,श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग
– समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लनगि सरकारसँग लोककल्याणकारी विज्ञापन रकम वृद्धि गर्न माग

काठमाडौ भाद्र ९ , नेपाल पत्रकार महासंघको २५औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । पदभार हस्तान्तरण कार्यक्रममा नव निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिदै सभामुख ओन्सरी घर्तिमगरले पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताउदै समाज विकासका निम्ति _DSC8389_DSC8451समय सापेक्ष देश र जनताको भावना र मर्म अनुसार पत्रकार महासंघ तथा पत्रकारहरुले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने धारणा राख्नुभएको थियो । त्यस्तै उहाँले निवर्तमान कार्यसमितिलाई आफ्नो पूर्ण कार्यकाल सफल पारी पदभार हस्तान्तरण गरेकोमा धन्यबाद व्यक्त गर्नु भएको थियो ।  त्यस्तै महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले निवार्चनको परिणामसंगै आफुहरु कुनै गुट र झुण्डको पछि नलागेर सम्पूर्ण पत्रकारको हक हितमा लाग्ने विचार अभिव्यक्त गर्दै महासंघलाइ पत्रकारको साझा मन्दिर बनाउँदै पत्रकारका एजेण्डामा केन्द्रित हुने प्रतिज्ञा गर्नु भएको छ । पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा।महेन्द्र विष्टले नव निर्वाचित कार्यसमितिलाई बधाइ तथा कार्यसफलताको शुभकामना दिदै प्रेस स्वतन्त्रताका सवालमा आफ्नो कार्यकालमा उल्लेख्य कार्य भएको बताउँनु भएको थियो ।

यसैवीच नेपाल पत्रकार महासंघको आज बसेको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले ८ बुँदे निर्णय गर्दै समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लनगि सरकारसँग लोककल्याणकारी विज्ञापन रकम वृद्धि गर्न माग गरेको छ । महासंघका महासचिव रमेश विष्टका अनुसार श्रमजीवी पत्रकारलाई तत्काल नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक उपलब्ध गराई श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको माग गनर्सको अलावा सबै प्रकारका सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत माग गर्ने सवालमा नितिगत निर्णय गरेको जानकारी दिनु भएको छ ।  महासंघको कल्याणकारी कोषलाई आगामी तीन वर्षमा रु पाँच करोड पु¥याउने संकल्प सहित लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हितका पक्षमा विगतदेखि महासंघले चलाएको अभियानलाई थप निरन्तरता दिन निर्णय गरेको छ ।

 यस्तो छ  पहिलो बैठकको  ८ बुँदे निर्णय’

FNJ new CCM Frist meeting release 9 bhadra