मङ्लबार, बैशाख १८, २०८१

इन्डिजिनियस टेलिभिजनमा कार्यक्रम नेवालय प्रशारित हुने

काठमाडौ आषाढ १९ ,   आदीबासी जनजातिको पहिलो टेलिभिजन च्यानलको रुपमा सञ्चालनमा आउँदै गरेको इन्डिजिनियस टेलिभिजन च्यानलले  बज्र क्रियशनको प्रस्तुतिमा नेपालभाषाको कार्यक्रम  नेवालय सुरु गर्ने भएको छ ।    प्रस्तुत टेलिभिजनमा    हरेक दिन प्रशारण हुँने जानकारी दिइएको       कार्यक्रम  नेवालयको  आइतवार चर्चित हाँस्यअभिनेता मदनकृष्ण श्रेष्ठले राजधानस्थित बागबजारको सिटीम्याक्सहलमा आयोजित  एक विशेष समाहरोवीत   शुभारम्भ  गर्नु भएको   थियो ।   54

कार्यक्रमको शुभारम्भ समारोहमा जनजातिका कार्यक्रमलाई मात्र विशेष रुपमा प्रसारण गर्ने उद्देश्यले इन्डिजिनियस टेलिभिजनको स्थापना भएको टेलिभिजनका संस्थापक मध्येका एक जगत दोङ्गले जानकारी दिनु भएको  छ ।

त्यस्तै कार्यक्रममा नेवालय कार्यक्रमका प्रस्तुतकर्ता बज्र क्रियशनका प्रमुख शैलेश डंगोल ,सङ्गीतकार अमरराज शर्मा , पत्रकार विजयरत्न तुलाधर, खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य लगायतले जनजातिका टेलिभिजन कार्यक्रमको  आवश्यकता र महत्वका विषयमा आफ्नो अभिमत प्रस्तुत गर्नु भएको थियो ।

यस्तै गरी सोही समारोहमा काठमाडौं महानगरपालिकाको वडा नं २९ का नव निर्वाचित जन प्रतिनिधीहरुलाई बज्र क्रियशनको तर्फबाट सम्मान पत्र सहित बधाई ज्ञापन पनि गरिएको थियो ।