शनिबार, बैशाख ८, २०८१

अनेसासद्दारा सर्जक खनालको अभिनन्दन

काठमाडौं   आषाढ  १९, अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपालद्दारा आज राजधानीमा आयोजित एक विशेषकार्यक्रमका वीच अमेरिका वाशिंगटन डि सी मेट्रो 19755897_10207076212662420_247694120_n19691618_10207076212582418_1886460372_nकमिटीका अध्यक्ष एवम् बरिष्ठ सर्जक रामप्रसाद खनाललाइ अभिनन्दन गरिएको छ ।

करिव एक दर्जन संस्थाहरु क्रमस अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल डा.हर्षबहादुर बुढामगर स्मृती प्रतिष्ठान ,गुन्जन ,अन्तर्राष्ट्रिय कलाकार मन्च नेपाल शाखा,महिला गीतकार संघ ,वनिता त्रैमासिक,नारी स्वर,नारी साहित्य प्रतिष्ठान ,महिला सन्चार समुह,गोधुली साहित्य प्रतिष्ठान ,जलेरिका साहित्य सेवा,नेपाल पत्रकार मन्चको सयुक्त आयोजना भएको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति   गंगाप्रसाद उप्रेती र  नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठनका कुलपति सरुभक्त श्रेष्ठले अभिनन्दन गर्नु भएको  थियो ।

 कार्यक्रममा  नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठनका प्राज्ञ  उन्नतीशिला वोहराको स्वागत अभिव्यक्ति दिदै    प्रतिष्ठित पत्रकार, लोक तथा दोहोरी गीत क्षेत्रको गायक र नायक मात्र होइन धुर्वतारा, गीत, संगीत, साहित्य लगायत हर क्षेत्रमा राम्रो खुवी र प्रतिभा  सहित   नेपालमा दोहोरी गीत र लोकगीतको क्षेत्रमा तहल्का मच्याएर आफ्नो अलग्गै इतिहास रच्न सफल भएकाले उहाँलाइ  अभिनन्दान  गरिएको  जनाउ दिनु भएको  थियो ।    प्रस्तुत अभिनन्दन कार्यक्रममा   कलाकार शिवहरि पौडेल, प्राज्ञ शम्भुजित वास्कोटा, महिला सञ्चार समूहकी अध्यक्ष ,अस्मिता भण्डारी, कलाकार किरण केसी लगायत दर्जनौ विद्धतवर्गको उपस्थिती रहेको थियो ।