मङ्लबार, बैशाख १८, २०८१

मिस एसइइ झापा २०१७ को ताज बानियालाइ

काठमाडौं ज्येष्ठ २१ , ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापा २०१७ को ताज झापा धाइजनकी दिपीका बानियाले पहरेइकी छिन् । बानिया शनिबार सम्पन्न ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी बिजेता बन्न सफल भएकी हुन् । त्यस्तै प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी रिया आचार्य र सेकेण्ड रनअप काकरभिटटाकी अरुणरिद्धी राई बनिन् । बिजेताले नगद ५० हजार सहित कक्षा ११÷१२ अध्ययनका लागि पूर्ण छात्रबृत्ती प्राप्त गरिन भने फस्ट रनअपले २० हजार नगद, सेकेण्ड रनरअपले १५ हजार नगद सहित छात्रबृत्ती हासिल गरेका ड्रिम्स वल्र्डले जनाएको छ ।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार साहारा उपचार कोषका लागि ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले ११ हजार नगद सहयोग गरेको छ । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापाको ग्राण्ड फिनालेको अवसरमा कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटालाई हस्तान्तरण गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।