शनिबार, बैशाख १५, २०८१

मोडलिङमा जम्दै मोडल पौडेल

काठमाडौ श्रावण १३, छोटो समयमानै दर्शक श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्दै आएका चल्तीका मोडल हुन । सञ्चाकर्मी समेत रहेका मोडल रन्जित पौडेल बिगत केहि बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर यस क्षेत्रमाक्रियाशील रहेका छन । बिगत ४ बर्ष देखि टेलिभिजनमा भिजे तथा प्रोडुसरको भूमिका निर्बाह गर्दै आएका मोडल रन्जितले लामो समय देखि विभिन्न टेलिभिजन तथा रेडियोमा आरजे भिजेको काम गर्दै आएका छन

दुइ दर्जन भन्दा बेसी म्युजिक भिडियोमा सफल अभिनय गरिसेकेका मोडल रन्जितको हसिलो मुहार, चक्लेटी अनुहार भएकै कारण म्युजिक भिडियो तथा चलचित्र निर्माता निर्देशकको रोजाइमा पर्न सफल भएको मानिन्नछ । भविष्यमा एक अब्बल कलाकार बनेर चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उदेश्यका साथ अघि बढेका उनले समयको माग अनुरुप आफ्नो कलाकारितालाइ पनि उत्कृष्ट बनाउने सोच लिएर सञ्चार तथा मोडलिङ क्षेत्रमा लागेको उनि बताउछन ।