शुक्रबार, बैशाख १४, २०८१

चर्चाको शिखर चुम्दै नायिका खुश्बु

काठमाडौ भाद्र ६, एक्सन तथा लभ स्टोरी चलचित्रमा बेसी रुचि राख्ने पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को गर्दै दर्जनौ राष्ट्रिय अवार्ड बाट सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको व्यस्तता पनि बढ्दै गएको छ । यो बर्ष मात्र आधादर्जन भन्दा बढी चलचित्र तथा म्युजिक अवार्ड बाट बेष्ट मोडल र नायिकाको उपाधि हात पारेर सम्मानित भएकी मोडल तथा नायिका खुश्बु खड्काको अभिनयको तारिफ अहिले चलचित्र क्षेत्रमा जता त्यतै बढ्दै गएको छ । अभिनय तथा नृत्यमा पोख्त नायिका खुश्बु खड्का सुन्दर मुहार र आकर्षक शरीरको धनी छिन, चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनी प्रतिको आकर्षण हो । चलचित्र हुदै मोडलिङ क्षेत्रमा प्रवेश गरेर स्थापित नायिकाको रुपमा आफुलाई उभ्याउन नायिका खुश्बु खड्का सुन्दर अनुहार र मिलेको शरीरका कारण चर्चामा छिन् । केहि चलचित्रमा अभिनय गरेर ख्याति कमाएकी खुश्बुले दर्जनौ म्युजिक भिडियोहरूमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल भएकी छिन ।

नेपाली फिल्मका लागि निकै सम्भावना बोकेकी नायिका खुश्बु सधै हासेर बोल्ने हसिलो तथा फरासिलो स्वभाबकि छिन । IMG_8434सुन्दरी नायिका खुश्बुले सायना फिल्म मार्फत अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन । नायिका खुस्बु खड्काले ६ दर्जन भन्दा बेसी म्युजिक भिडियोमा कुशल अभिनय प्रदर्शन गरिसकेकी छिन् । खुश्बुले हालसम्म ‘सुकुल गुन्डा’, ‘उहिले बाजेको पालामा’, ‘सिस्टम’, ‘दीपज्योति’ जुनी लगायत चलचित्रमा लिड रोल गरेकी छिन् ।