शनिबार, बैशाख ८, २०८१

​आफ्नो छुट्टै पहिचान बनाउँदै मोडल कार्की

काठमाडौं भाद्र   ६ , राजधानी काठमाडौँ शहर, सपनाको शहर जहा दैनिक हजारौ मानिस आफ्नो सपना साकार पार्न मेहनत र परिश्रम गरेर अगाडी बढ्छन त्यसै IMG_9941सपना संग जोडिएको एउटा मोडलिङ क्षेत्र अहिलेका युवा युवतीको सर्बाधिक रोजाइमा परेको क्षेत्र हो । युवा पुस्ताको आकर्षणमा रहेको रंगिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ । भर्खरै मात्र सम्पन्न नेक्स्ट सुपर टप्स मोडल नेपाल २०१७ मा बेष्ट हेयर र मस्ट डिसिप्लिनको अवार्ड जित्न सफल नब मोडल सुष्मा कार्की पनि त्यस्तै त्यस्तै चाहना लिएर मोडलिङको भिडमा आफुलाइ स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाको साथमा अगाडी बढदै गरेकी नब मोडल हुन ।
अहिले लक्ष्यमा पुग्न दिन रात लागि परेकी छिन । नृत्य र अभिनयमा पोख्त सुष्मा सुन्दर मुहार र आकर्षक शरीरको धनि पनि छिन चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारनै उनि प्रतिको आकर्षण पनि हो । उनि मेहनतका साथ अभिनय कलालाइ अझै निखारता ल्याउदै मोडलिङ तथा सिने नगरीमा स्थापित हुन चाहन्छिन । रामेछापकि स्थाई बासिन्दा नब मोडल सुष्मा बाल्यकाल देखिनै काठमाडौँमा बस्दै अनि अध्यन गर्दै आफ्नो भबिष्य कोर्दै अगाडी बढेकी कार्की भर्खर १८ औ बसन्तमा प्रवेश गरेकी छिन ।  हेर्दा पनि आकर्षण छिन, हासी रहने शालीन स्वभाबकि मोडेल सुष्मा यदि कसै बाट म्युजिक भिडियो तथा फिल्ममा अफर आएमा खेल्ने सोचमा पनि छिन। मोडल शुष्मा भन्छिन, अब मोडलिङमै क्यारिअर बनाएर स्थापित हुन्छु र यहि क्षेत्रमा आफ्नो ट्यालेन्ट, क्षमता प्रदर्शन गरेर आफ्नो छुट्टै पहिचान बनाउछु ।

suryachand2038@gmail.com

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031